विपद्‌बाट १ सय ९५ को मृत्यु

रासस

काठमाडौँ — यसवर्ष विपद्‌बाट अहिलेसम्म  १ सय ९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंश लगायतका एक हजार ५ सय २५ घटनामा परी १ सय ९५ जनाको मृत्यु भएको जानकारी दिए । 

विपद्‌बाट १ सय ९५ को मृत्यु

उनले तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो संख्या अझै बढ्न सक्ने बताए । प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेकलागेर १३, जनावरको आक्रमणबाट ९, हावाहुरीबाट ८, भारी वर्षाबाट ७, सर्पदंश ६, हवाई दुर्घटनाबाट ३ जना र अन्य ३ जनाको मृत्यु भएको बताए ।


विपद्को घटनामा परेर ३५ बेपत्ता र ४ सय ८८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा बाढीबाट २४, पहिरोबाट ९, डुंगा पल्टेर १ र हिउँपहिरोमा परी एक जना छन् । घाइते हुनेमा चट्याङबाट १ सय ६३, हावाहुरीमा १ सय ४९, बाढीबाट १०, पहिरोबाट २९, आगलागीबाट ६८, जनावरबाट ३५, भारी वर्षाबाट १४ जना भएका मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका अनुसार ती घटनामा करीब दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६ सय १९ रुपैयाँको क्षति भएको छ ।


सबैभन्दा बढी क्षति बाढीबाट १ अर्ब ५ करोड ५ लाख ४ हजार रुपैयाँ क्षति भएको छ । बाढीपछि आगलागीबाट १ अर्ब ५३ करोड ९७ लाख ६५ हजार, हावाहुरीबाट ६ करोड ५५ लाख ३३ हजार, पहिरोबाट एक करोड ७८ लाख ३ हजार रुपैयाँ, चट्याङबाट २६ लाख २ हजार , भारी वर्षाबाट ८२ लाख २० हजार ५ सय र जनावर आतंकबाट ९ लाख १९ हजार रुपैयाँ क्षति भएको जनाइएको छ । उपसचिव खनालका अनुसार विपद्‌बाट १२ हजार ९ सय ९० घरपरिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६ सय ९७ घरपरिवार प्रभावित भएका छन् ।


यसैगरी आगलागीबाट एक हजार ५६, बाढीबाट ६९९, चट्याङबाट २०७, पहिरोबाट १५८, लेक लागेर १८, जनावर आतंकबाट ७५, भारी वर्षाबाट ५० र सर्पदंशबाट १० घरपरिवार प्रभावित भएका छन् । विपद्‌बाट एक हजार २६४ घर आंशिक र ७२९ घर पूर्ण रुपमा क्षति भएको छ ।


यसैगरी एक हजार १७८ पशु चौपया मरेका र ३८४ गोठमा क्षति पुगेको जनाएको छ । चट्याङबाट ४१८, बाढीबाट ५१, पहिरोबाट ९२, आगलागीबाट ५५८, जनवार आतंकबाट ९, हावाहुरीबाट ३७, भारी वर्षाबाट ७, असिनाबाट ६ वटा चौपया मरे । केही दिनअघि आएको अविरल वर्षाका कारण करिब ९० जनाको ज्यान गएको थियो ।

प्रकाशित : श्रावण ६, २०७६ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?