कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

खोक्रो राष्ट्रवादले खतरा : कोइराला

प्रतीक्षा काफ्ले

गण्डकी — नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सरकारको खोक्रो राष्ट्रवादले मुलुकमा खतरा बढेको बताएका छन् । खोक्रो राष्ट्रवादले देशको सार्वभौमिकता र राष्ट्रियतामाथि खतरा बढेको उनले बताए । ३७ औँ वीपी स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस स्याङ्जाले वालिङ्मा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले भने,' सरकारका हरेक गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा मुलुकको छवि धमिलिँदै गएको छ । 

खोक्रो राष्ट्रवादले खतरा : कोइराला

कोइरालाले प्रश्न गर्दै भने,‘हाम्रो कुनै सम्बन्ध नै नरहेको भेनेजुएलाका राष्ट्रपतिका छोरा र मन्त्रीहरुलाई बोलाएर कम्युनिस्ट नेताहरुले के गर्न खोजेको ? किन बोलाइयो उनलाई ? यसले नेपालको छवि कहाँ पुग्छ ? अन्तर्राष्ट्रिय स्तरमा के सन्देश जान्छ ?’


कोइरालाले लोकतन्त्रका आधारभूत मान्यतालाइसमेत कुल्चँदै सरकारले विधेयकहरु ल्याएको उनले बताए । यस्ता विधेयकहरुले लोकतन्त्र गुम्ने आशंका पैदा भएको नेता कोइरालाको दाबी छ । उनले समृद्धिका नाममा सरकारले हावादारी सपना बोकेर जनतालाई झुटको जालोमा पारेको बताए ।


उनले पार्टी कब्जा गर्ने र व्यक्तिगत स्वतन्त्रतामाथि नै बन्देज लगाउने उद्देश्यले ल्याइएको कांग्रेस पार्टीको नियमावलीले कम्युनिस्ट पार्टीको झझल्को दिएको बताए । ‘कांग्रेस पार्टी गरिबको पनि पार्टी हो भन्ने कुरा बिर्सेर अव्यवहारिक ढंगले लेबी सिस्टम ल्याइएको छ’ आक्रोशित हुँदै नेता कोइरालाले भने, ‘गरिब व्यक्ति अब कांग्रेस बन्न नपाउने हो ?’


केन्द्रमा बसेर सभापतिले नै गुट चलाउन थालेकाले पार्टी कमजोर बनेको उनको भनाइ थियो । वीपी कोइरालाले जन्माएको पार्टी यसरी चरम गुटबन्दीमा फस्नु लोकतन्त्रकै निम्ति दुर्भाग्य भएको उनले बताए ।

प्रकाशित : श्रावण ६, २०७६ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?