कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चन्द समूहका म्याग्दी इन्चार्ज र सेक्रेटरी पक्राउ

घनश्याम खड्का

म्याग्दी — प्रहरीले सोमबार साँझ करिब ५ बजे बेनी नगरपालिका–३ भकिम्लीको राखुबेंसीबाट चन्द समूहका म्याग्दी इन्चार्ज कमानसिंह नकाल क्षेत्री ‘विकिरण’ र जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरेको छ । 

चन्द समूहका म्याग्दी इन्चार्ज र सेक्रेटरी पक्राउ

जिल्ला प्रहरी कार्यालयका अनुसार ध १ प २१७० नम्बरको यामाहा मोटरसाइकलमा सवार नकाल र शाक्यलाई बेनी–दरवाङ सडकको चुत्रेनी–सिंगा खण्डमा पर्ने नयापुलबाट भकिम्ली तर्न क्रममा सादा पोसाकका प्रहरीले पक्राउ गरेको हो ।


सादा पोसाकका प्रहरीले पक्राउ गरेपछि प्रहरी कार्यालयबाट भ्यानमा राखी बेनी ल्याइएको थियो ।


चन्द समूहले म्याग्दीमा तीन दिनअघि गाउँ—गाउँका लघुवित्त संस्था विरुद्ध प्रेस विज्ञप्ती जारी गरेपछि प्रहरी सकृय भएको थियो ।


प्रकाशित : श्रावण ६, २०७६ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?