३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेकपाको स्कुल विभागमा सहमति जुटेन

काठमाडौँ — नेकपामा स्कुल विभागको टुंगो लाग्न नसक्दा सचिवालय बैठक स्थगित भएको छ ।

नेकपाको स्कुल विभागमा सहमति जुटेन

पार्टीको आन्तरिक शक्ति सन्तुलनमा महत्त्व राख्ने यो विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादीका नारायणकाजी श्रेष्ठमध्ये कसलाई जिम्मेवारी दिने भन्नेमा सहमति हुन नसक्दा मंगलबारका लागि तय गरिएको बैठक स्थगित गरिएको हो ।


प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार तीन घण्टा छलफल भए पनि सहमति हुन सकेन । स्रोतका अनुसार पोखरेलले उक्त विभाग नछाड्ने अडान राखेपछि ओलीले उनकै पक्षमा धारणा राखेका थिए ।


दाहालले पनि सरकार र संसद्को मोर्चामा नरहेकाले श्रेष्ठलाई उक्त विभाग दिनुपर्ने धारणा राखेका थिए । पोखरेल र श्रेष्ठको रस्साकसीमा पार्टीको वैचारिक नेतृत्व पूर्वएमाले कि पूर्वमाओवादी लाइनले गर्ने भन्ने सबाल पनि जोडिएकाले सहमति जुट्न मुस्किल परेको हो ।

प्रकाशित : श्रावण ७, २०७६ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?