कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कसरी हराउँछ पासपोर्ट ?

काठमाडौँ — नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांशको पासपोर्ट हराउने गरेको पर्यटक प्रहरीको तथ्यांकले देखाएको छ । भृकुटीमण्डपस्थित पर्यटक प्रहरी इकाइका अनुसार आर्थिक वर्ष ०७४/७५ मा पर्यटकले इकाइमा दर्ता गराएका ६ सय १९ वटा उजुरीमध्ये ४ सय ५० वटा पर्स तथा सानो झोला हराएको सम्बन्धी थिए ।

काइ प्रमुख अमृतबहादुर बस्नेतका अनुसार अधिकांश पर्यटकले हराएको ब्याग वा पर्समा पासपोर्ट राखिएको उल्लेख गरेका छन् । बस्नेतका अनुसार ०७५/७६ मा पनि पर्यटकले पासपोर्टलगायत निजी सामान हराएकै उजुरी बढी परेको छ ।


पर्यटक प्रहरी इकाइका अनुसार पासपोर्टपछि पर्यटकले क्रेडिट कार्ड, डेबिड कार्ड र डकुमेन्ट हराउने गरेका छन् । यसपछि अधिकांशले मोबाइल हराउने वा कतै छुटाउने गरेका उजुरी धेरै छन् । बस्नेतले भने, ‘बेपर्वाह हिँड्दा अधिकांशले पासपोर्ट, मोबाइल वा बैंकिङ कार्ड राखिएको झोला वा पर्स हराउने गरेको देखिन्छ ।’


सामान हराएका घटनामध्ये ९० प्रतिशत फेला पारेको प्रहरीले दाबी गरेको छ । ट्र्याकिङ प्रणालीका कारण अधिकांशको मोबाइल सजिलै भेटिने गरेको प्रहरीले जनाएको छ । हराउने वा बिर्सिने घटनापछि दोस्रोमा सामान चोरीका घटनाका छन् । ०७४/७५ मा १३१ जना पर्यटकले आफू चोरीको सिकार भएको उजुरी दर्ता गराएका थिए । ठगीका घटना १८ वटा भएका छन् । तीन जना पर्यटक हराएको, डकैती र पाकेटमारीका तीनवटा उजुरी परेका थिए ।

प्रकाशित : श्रावण ७, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?