गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, २ बेपत्ता, २ घाइते (अपडेट)

पाल्पा — गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवती गाउापालिकाको २ वटा वडामा पहिरोले घर पुरिादा १० जनाको मृत्यु भएको हो ।
सत्यवति गाउापालिकाको लिम्घामा ८ जना र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ ।

गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, २ बेपत्ता, २ घाइते (अपडेट)

सत्यवति गाउापालिका वडा नम्बर ४ को लिम्घा भीरकुनामा ८ जनाको मृत्यु भएको छ ।


मृतकमध्ये ६ जनाको शव पहिरोबाट बाहिर निकालिएको छ । पहिरोले पुरिएका २ जनाको शव निकाल्ने काम भइरहेको स्थानीय प्रकाश भट्टराईले जानकारी लिए ।


मृत्यु हुनेहरुमा ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । त्यस्तै सोहि गाउापालिका ३ को ठूलोलुम्पेक कसिनडााडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी तरामु, ९ वर्षीय दर्शन तरामुको मृत्यु भएको हो ।


सोहि वडाको दाङसिंगामा रुद्र बिकको घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउादा ४० वर्षीय माया बिक र १६ वर्षीय बबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षीय करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ठूलोलुम्पेकस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।


पहिरोले लिम्घामा १५ घर जोखिममा रहेका छन् । यस्तै सिङदीमा ५५ घर जोखिममा रहेकाले ठूलोलुम्पेकस्थित धर्मपुर माविमा शरण लिएको स्थानीय शिक्षक दुर्गा तरामुले बताए । थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले बताए । घटनास्थलमा नेपाली सेना, सशस्त्र, जनपथ प्रहरीको टोली पुगेको छ । उसले उद्दारको काम गरिरहेको र स्थानीय बासिन्दाले पनि सघाएको पौडेलले बताए ।


प्रकाशित : श्रावण ७, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?