कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाजुराकी ‍बालिकाको दिल्लीमा बलात्कार प्रयास पछि हत्या

संगीता तिमिल्सेना 

बाजुरा — बाजुरा घर भएकी एक बालिकाको बलत्कार प्रयास पछि भारतको दिल्लीमा हत्या गरिएको छ ।भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीया लक्ष्मी चँदाराको बलात्कार प्रयाससँगै हत्या भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

बाजुराकी ‍बालिकाको दिल्लीमा बलात्कार प्रयास पछि हत्या

ती बालिकाको घर बाजुराको बुढीगंगा नगरपालिका–१ कुँडी हो । उनी बुवा देव चँदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन् ।

गत शुक्रबार पूर्वी दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयास पछि हत्या भएको भारतस्थित नेपाली दूतावासमा कार्यरत एसएसपी प्रकाश अधिकारले टेलिफोनमार्फत बताएका छन् । उनको भारतीय नागरिक बसिम अहमद (सनु) ले हत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।

हत्यामा संलग्नलाई भारतीय प्रहरीले प्रक्राउ समेत गरिसकेको छ । बुवा देव चँदारा त्यही घरमा चौकीदारी गर्दै आएका थिए भने आमाले त्यही घरमा बसिम अहमदले चलाएको होस्टेलमा खाना पकाउने काम गर्थिन् ।

शुक्रबार दिउँसो पौने १ बजे बुवा बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए । छोरी अचेत अवस्थामा फेला पारेपछि अस्पताल पुयाएका थिए, अस्पताल पुग्ने वितिकै चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए । छोरीको हत्या भएको खबर पाएपछि भारतस्थित विभिन्न नेपाली संघ, संस्था र बालिकाका बुवाले ले नेपाली राजदूतावाससँग सहयोग मागेका थिए ।

अन्य नेपालीहरुको सहयोगमा प्रहरी कहाँ मुद्दा दर्ता गर्न र पीडकलाई समात्न सहयोग गरेको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय महासचिव खग्रेन्द्रबहादुर सिंहले बताएका छन् । बालिकाको आइतबार पोष्टमार्टम पछि दाहसंस्कार गरिएको बताइएको छ ।

भारतस्थित दूतावासमा कार्यरत एसएसपी अधिकारका अनुसार सोही घरमा होस्टेल चलाउँदै आएका भारतीय नागरिक बसिम अहमदले बलात्कार प्रयास पछि हत्या गरेको बताएका छन् । बलात्कार गर्न खोजेको र नमान्दा घाँटी च्यापेर हत्या गरेको अहमदले प्रहरी समक्ष स्वीकार गरेको जनाइएको छ ।

पोष्टमार्टम गर्दा घाटीमा औला अट्काइएको छाप र गुप्ताङ्ग वरपर बलात्कार प्रयास गरिएको प्रमाण भेटिएको अधिकारीले बताए । भारतीय प्रहरीले बसिम अहमद हत्या र जवरजस्ती करणी दुवै मुद्दा चलाएको छ ।

दुईसाता अघि पनि डोटी घर भएकी १४ की सीता नेपाली (नाम परिवर्तन) को पनि भारतको नयाँ दिल्लीमा आफूले काम गर्ने साहुको छोराले बलात्कार गरेको खुलेको छ ।

दिल्ली पुलिसमा कार्यरत दलबीर सिंहका छोरा ३३ वर्षीय पंकज सिंहले ३० जून २०१९ को दिनको १ बजे बलात्कार गरेका थिए । पंकज विवाहित रहेको र २ छोराछोरी पनि रहेका छन् । बालिका बलाकृत भएको प्रमाणित भए पछि पीडक प्रहरी नियन्त्रणमा रहेको एसएसपी अधिकारले जानकारी दिएका छन् ।

प्रकाशित : श्रावण ७, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?