कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अनियमिततामा संलग्न १८ सय ठेकेदारको फाइल अख्तियारमा : गृहमन्त्री थापा

जनकराज सापकोटा

काठमाडौँ — गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रहरीले अहिले पनि गम्भिर रुपमा अनुशन्धान जारी राखेको बताएका छन् । उनले उक्त घटनामा 'अति राजनीतिकरण'को प्रयास भएकै कारणले गर्दा अनुसन्धान प्रभावित भएको दाबी गरेका थिए ।

अनियमिततामा संलग्न १८ सय ठेकेदारको फाइल अख्तियारमा : गृहमन्त्री थापा



नेपाल प्रहरीले ९५ प्रतिशत बलात्कारका घटनाको सफल अनुसन्धान गरेको बताउँदै उनले भने, 'कुनैपनि विकसित भनिएका देशमा पनि अपराधको सतप्रतिशत अनुसन्धान भएको हुँदैन । हामी कहाँ पनि एक दुईवटा घटना बाहेक अन्यको सफल अनुसन्धा भएको छ । जसलाई सन्तोषजनक मान्नुपर्छ,' उनले भने, 'निर्मला पन्त प्रकरणमा धेरै राजनीति गरियो । नभए प्रहरीले अन्य बलात्कारका घटनाको अनुसन्धानमा ९५ प्रतिशत सफलता हासिल गरेको छ ।'


गृहमन्त्री थापाले अनियमिततामा संलग्न १८ सय ठेकेदारको फाइल पनि गृहले अख्तियारमा बुझाएको बताएका छन् ।


यस्तै उनले चन्द समूह वार्तामा आउने प्रकृयामा रहेको र निकट भविष्यमा नै उनीहरुसँग वार्ता हुने सम्भावना रहेको दाबी गरेका थिए ।


'उनीहरुले केही सर्त राखेको भनेर अनौपचारिक रुपमा सुनिकएको छ । तर औपचारिक रुपमा केही प्रस्ताव भने आएको छैन,' उनले भने, 'वार्ताको प्रयास भने जारी छ ।'


गृहमन्त्रालयले गत आर्थिक वर्षको कार्य सम्पादन तथा आगामी वर्षको कार्ययोजनाको जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा तीनवटै सुरक्षा निकायका प्रमुखहरुसहित गृह सचिव प्रेम राईको पनि सहभागिता रहेको थियो ।


प्रकाशित : श्रावण ७, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?