१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दुर्घटनामा २ को मृत्यु

प्रताप विष्ट

(हेटौंडा) — भारतीय मालवाहक ट्रकले मंगलबार मोटरसाइकल र टेम्पो (अटो रिक्सा)लाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेहरुको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ ।

दुर्घटनामा २ को मृत्यु

पूर्वपश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका—१५ चुरियामाई मन्दिर नजिक भएको दुर्घटनामा टेम्पो चालक सुजनकुमार ढकालको मृत्यु भएको छ भने अर्का एक मृतकको नाम खुलेको छैन ।


हेटौंडातर्फ आईरहेको एनएलआईडी ८०३१ नम्बरको लहरीले बोकेर ल्याएको डिब्बा खसेर मोटरसाइकल र टेम्पोलाई थिचेको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए ।


प्रकाशित : श्रावण ७, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?