काठमाडौँ — नेताहरू राजधानी बाहिरका कार्यक्रममा व्यस्त रहेको कारण जनाउँदै मंगलबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ । स्थगित बैठक बिहीबार अपराह्न बस्ने भएको छ ।
अधिकांश नेताहरू बीपी जयन्तीका कार्यक्रममा सहभागी हुन राजधानी बाहिर छन् । अबको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको नियमावली पारित गर्ने, केन्द्रीय महाधिवेशन र पार्टीका तल्ला तहमा अन्तरिम समिति गठनलगायत मुद्दामा छलफल गर्ने एजेन्डा छ ।