कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गुल्मीमा पहिरोबाट विस्थापितको बिचल्ली 

माधव अर्याल

पाल्पा — गुल्मीमा पहिरोबाट विस्थापित भएकाहरुको विचल्ली भएको छ । उनीहरुलाई स्थानीय विद्यालयमा राखिएको छ । खाना, लत्ताकपडा लगायत बस्नका लागि समस्या भएको स्थानीयले बताए । 

गुल्मीमा पहिरोबाट विस्थापितको बिचल्ली 

सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक सिङदीमा ५५ र लिम्घा भीरकुनामा २० परिवार विस्थापित भएका छन् । उनीहरु आफ्ना घरमा बस्न नसकेर छिमेकीको शरणमा पुगेका छन् ।

पहिराेले सिङ्दीको सिद्ध आधारभूत विद्यालयसमेत बगाएको छ । सोही विद्यालयका शिक्षक दुर्गा तरामुका अनुसार विद्यालय भवन, घर, गोठ सबै बगाएको छ । ‘यस क्षेत्रमा बाक्लो बस्ती छ,’ उनले भने, ‘माथिल्लो भागबाट पहिरो झर्ने क्रम भएकाले बस्न सकिएन ।’


उनका अनुसार ८५ घरमध्ये ५५ घर पहिरोको जोखिममा छ । यहाँ एकघर बगाए पनि अन्य घरहरु जोखिममा रहेको उनले बताए । त्यहाँ सुतेका आमा माया विक र छोरा बबि विक पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ । राति पानी परेकाले स्थानीय थप त्रसित छन् ।


बिस्थापित परिवारहरु ठूलोलुम्पेकस्थित धर्मपुर माविमा आश्रय लिएर बसेका छन् । ‘हामीले अहिलेलाई अस्थायी बास व्यवस्थापन गरेका छौं,’ शिक्षक तरामुले भने, ‘आकाशमा कालो बादल नहटिसकेकाले सबैलाई डर लाग्नु स्वभाविक हो ।’

ठूलो लुम्पेक जाने मोटरबाटो भन्दा माथिल्लो भागबाट बगेर आएको पहिरो झण्डै एक किलोमिटर तलसम्म खसेको छ । पहिरोमा बगेको लेदो माटोले थप क्षति पुगेको हो । गाउँबस्तीमा माथिल्लो भागबाट बगेर आएको लेदो माटो थुप्रिएको उनले बताए ।


कसिङथलामा पनि एक घर पहिरोले बगाएको छ । यहाँ दुई जनाको मृत्यु भएको छ । दुई घाइते छन् । सत्यवती–४ का १० वर्षीय करिष्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ठूलोलुम्पेकस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौ लैजाने तयारी भएको छ ।


पहिरोले ४ नम्बर वडाको भीरकुनाको दलित बस्तीबाट २० घर बिस्थापित भएका छन् । यहाँको बस्तीमा माथिल्लो भागबाट पहिरो खसेको छ । तीन घर बगाएको छ । एक घर पूर्ण रुपमा भत्किएको छ ।

प्रकाशित : श्रावण ८, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?