१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गुल्मी पहिरो विस्थापितलाई ६० स्थायी टेन्ट र राहत सामाग्री 

माधव अर्याल

पाल्पा — गुल्मीको सत्यवती गाउँपालिकामा बिस्थापितलाई राहत सामग्री प्रदान गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा सत्यवतीको लिम्घाको भीरकुनामा पुगेको टोलीले विस्थापितलाई राहत सामग्री प्रदान गरेको हो । 

गुल्मी पहिरो विस्थापितलाई ६० स्थायी टेन्ट र राहत सामाग्री 

गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरे, डा. प्रेमराज ज्ञवालसहितको टोलीले पहिरो प्रभावित क्षेत्र लिम्घामा पुगेको क्षतिको विवरण लिएका थिए । उनीहरुले स्थायी प्रकृतिको ६० थान टेन्ट प्रदान गरेको छ ।


मन्त्रीसमेतको टोलीले तत्काल राहतका लागि २० क्विन्टल चामल, दुई क्विन्टल चिउरा लगायतका सामाग्री लिएर पुनः बुधबार ठूलो लुम्पेकको सिङदी जाने तयारी गरेको छ । साथै सोही स्थानका दुई घाइतेलाई समेत उपचारका लागि लैजाने तयारी भएको छ । मन्त्रीसमेतको टोली मौसम खराबी भएकाले बुधबार बेलुकी ठूलो लुम्पेकको सिङदी हेलिकोप्टर ल्याण्ड गर्न सकेको थिएन ।


पोखरा गएर बसेको टोली मौसम सुधार हुनासाथ थप राहत दिएर पहिरो क्षेत्रको अवलोकन र अवस्थाबारे जानकारी लिने मन्त्री ज्ञवालीको सचिवालयका सुदन ज्ञवालीले बताए ।


गुल्मी जिल्ला प्रशासन कार्यालयले सत्यवती गाउँपालिकामा पहिरोबाट बिस्थापित परिवारहरुको लागि जिल्ला विपद व्यवस्थापन समितिको माग अनुसार तत्काल १ लाखको राहत लैजाने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार खाद्यान्न लगायतका सामग्री लैजाने तयारी गरिएको छ ।


प्रकाशित : श्रावण ८, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?