कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेकपाको विकल्पको कल्पना पनि गर्न सकिँदैन : नेता नेपाल

विपिन श्रीस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीको विकल्पको कल्पना पनि गर्न नसकिने बताए । नेकपाको मुकाबिला गर्ने हैसियत, खुबी र क्षमता भएको अरु कुनै पार्टीमा नरहेको उनको भनाइ छ ।

नेकपाको विकल्पको कल्पना पनि गर्न सकिँदैन : नेता नेपाल

नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेता नेपालले भने,‘यसको विकल्पमा अरु कोही आउलान् भन्ने कल्पना पनि गर्न सकिदैन तर हामीले कमीकमजोरी स्वीकार्ने र सुधार्ने संकल्प गर्नुपर्छ ।’ त्यसका लागि राष्ट्रिय अभियान सुरु गर्नुपर्ने र सबै तहका सरकारमा रहेका व्यक्तिको कामको मुल्याङ्कन एवं समिक्षा गर्नुपर्ने उनको भनाइ छ ।


नेता नेपालले नेकपा लामो सहकार्यबाट बलियो सैद्धान्तिक जगमा उभिएको दाबी गरे । उनले भने, ‘कसैकसैले भन्छन्, यो पार्टी धरापमा त छैन, आदित्यादि आशंका गरेका छन्, त्यसमा कुनै सत्यता छैन ।’ देशप्रतिको भावनालाई केन्द्रविन्दुमा राखी लोकतन्त्रलाई आत्मसाथ गर्दै जनताप्रतिको जिम्मेवारी बोध गरेर मात्रै समस्या समाधान गर्न सकिने उनको भनाई छ ।


देशमा अझै पनि गरिबी अभाव, बेरोजगारी, विकृति, विसंगती र विभेदहरु रहेको भन्दै त्यसलाई अन्त्य गरेमा मात्रै नरबहादुर कर्माचार्यप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । सभामा अध्यक्ष पुष्पकमल दाहाल, नेता नेपाल, नेकपा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित : श्रावण ९, २०७६ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?