कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

खोटाङमा चन्द समूहको चन्दा आतंक

कान्तिपुर संवाददाता

खोटाङ — चन्द समूहले जिल्लाका अधिकांश स्थानीय तह तथा विद्यालयहरुमा चन्दा आतङ्क मच्याएका छन् । जनताको शासन व्यवस्था ल्याउन सबैले सहयोग गर्नु पर्ने भन्दै चन्दा दिन उर्दी जारी गरेका हुन् ।

खोटाङमा चन्द समूहको चन्दा आतंक

जिल्लाका विभिन्न पालिकाहरुबाटै चन्दा असुलेको खुलासा समेत भएको छ । केही पालिकाले एक लाख रुपैयाँसम्म चन्दा दिएको स्रोतले बताएको छ । त्यसको श्रेस्ता नदेखिने गरी मिलाएर दिइएको एक प्रमुख प्रशासकीय अधिकृतले बताए । ‘हाम्रो सरकारको चाला यस्तै छ,’ नेकपा सम्बद्ध एक पालिका अध्यक्षले भने, ‘मिलाएर नदिए खैरियत छैन ।’


खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह छन् ।


त्यस्तै विद्यालयहरुमा पनि चन्दा उर्दी गरेको प्रअहरुले बताएका छन् । गत जेठ–असारदेखि नै चन्दा मागेको एक प्रअले बताए । उनका अनुसार हरेक चौमासिक बराबर एक दिनको तलव माग गरेका हुन् ।


केही विद्यालयहरुले असारमा चन्दा उपलब्ध गराइसकेका छन् भने केहीले अर्को चौमासिकमा दिने बचन दिएको एक प्रअले बताए । जिल्लामा चार सय ९० वटा विद्यालय छन् । खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले भने चन्दा आतङ्कबारे कुनै सूचना नआएको बताए ।


प्रकाशित : श्रावण १०, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?