१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

गुल्मीको छापचौरमा पहिरोले घर पुरियो, एकको मृत्यु, पाँच घाइते

माधव अर्याल

पाल्पा — गुल्मीको कालीगण्डकी गाउँपालिका–७ छापचौरमा पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ । पुरिएर पाँच जना घाइते छन् । 

शनिबार रातिको वर्षाले छापचौरका विष्णु परियारको घर पहिरोले बगाउँदा १३ वर्षीय चुन्ने परियारको ज्यान गएको हो । पहिरोले पुरिएर सोही परिवारका पाँच घाइते भएका छन् ।


घटनास्थलमा पुर्तिघाट र भुर्तुङ प्रहरी चौकीबाट उद्धार टोली खटिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताए । थप मद्दतका लागि जिल्ला प्रहरीबाट नायब उपरीक्षक मीनबहादुर घलेको नेतृत्वमा टोली गएको छ ।

प्रकाशित : श्रावण १२, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?