कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटनमन्त्रीमा योगेश भट्टराई

दुर्गा खनाल

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गरेका छन् । उनले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भट्टराईलाई ४ बजे मन्त्रीको शपथ गराउने कार्यक्रम छ ।

पर्यटनमन्त्रीमा योगेश भट्टराई

नेकपा स्थायी समिति सदस्य भट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन् ।


ताप्लेजुङमा गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो । प्रधानमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित : श्रावण १५, २०७६ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?