कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वैद्यखानामा स्वास्थ्यमन्त्रीको छड्के, ४ कामदार मात्रै कार्यरत भेटिए

अतुल मिश्र

काठमाडौँ — उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मुलुकको एकमात्र सरकारी आयुर्वेदिक औषधि निर्माणशाला सिंहदरबार वैद्यखानाको बुधबार छड्के अनुगमन गरेका छन् । मन्त्री उक्त कार्यालयमा पुग्दा १५ जना मात्रै कर्मचारी हाजिर थिए । जसमा ४ महिला कामदारमात्रै औषधि कारखानामा काम गरिरहेका थिए ।

वैद्यखानामा स्वास्थ्यमन्त्रीको छड्के, ४ कामदार मात्रै कार्यरत भेटिए

त्यहाँका सबै मेसिन बन्द थिए । मन्त्रीले जडीबुटी कुहिएको, थन्किएको अवस्था भेटेका उनको सचिवालयले जनाएको छ ।


डावर, इण्डियाको आयुर्वेदिक औषधिमा आर्सेनिक लगायत हेभी मेटल पाइएको बुधबार कान्तिपुरमा समाचार पढेपछि स्वास्थ्यमन्त्री यादव वैद्यखाना अनुगमनमा पुगेका हुन् । वैद्यखानामा ४७ कर्मचारी छन् ।


वैद्यखानाको दुरावस्था देखेपछि मन्त्री यादवले प्रगति विवरण र नयाँ कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् । मन्त्री यादवसँगै अनुगमनमा राज्यमन्त्री डा. सुरेन्द्र यादव, सचिव रामकुमार थपलिया लगायतका सहभागी थिए ।

प्रकाशित : श्रावण १५, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?