१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दुवै अध्यक्षमा इच्छाशक्ति नहुँदा एकता प्रक्रिया प्रभावित : नेता नेपाल 

प्रमिता ढकाल

भरतपुर — पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले दुवै अध्यक्षले एकतालाई टुङ्गो लगाउने इच्छाशक्ति नदेखाउँदा पार्टी एकता प्रक्रिया प्रभावित बनेको आरोप लगाएका छन् ।

दुवै अध्यक्षमा इच्छाशक्ति नहुँदा एकता प्रक्रिया प्रभावित : नेता नेपाल 

शुक्रबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले नेकपाकाे एकता प्रक्रियालाई टुङ्ग्याउने चाहना र संकल्प दृढ हुनुपर्नेमा त्यसो नभएको बताए । उनले भने, ‘जहाँ चाह त्यहाँ राह । इच्छाशक्ति नै छैन त कसरी हुन्छ ?’ एकता प्रक्रिया लामो हुँदा कार्यकर्तामा नैराश्यता छाएको भन्दै उनले पार्टी भित्रको जटिलतालाई अन्त्य गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।

नेता नेपालले विधि–विधान अनुसार पार्टीलाई अगाडि बढाउन सके समस्याहरु स्वतः समाधान भएर एकता प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरेका छन् । पार्टी भित्र हुने विवादहरुलाई सामान्यीकरण गर्न तत्पर रहनुपर्ने भन्दै नेता उनले एकता प्रक्रिया कुनै अनौठो कुरा नभएको र चाँडै टुंगो लगाउन सकिने बताए ।

पत्रकारहरुसँगको कुराकानीमा सरकारप्रति केही नरम रुपमा प्रस्तुत भएका नेता नेपालले अहिले सरकारको काम कारवाहीलाई पार्टीभित्र पनि छलफल गर्नुपर्ने औ‌ंल्याएका छन् । छलफल र बहसमार्फत जनपक्षीय कामका लागि सरकारलाई दबाव दिन अनुगमन प्रणाली बलियो बनाउनु पर्ने उनको धारणा छ । ‘सरकारका काम कारवाहीमा ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने, भ्रष्टाचार गर्नेलाई कारवाही गरेर अघि बढ्नु पर्छ,’ उनले भने, ‘दण्डहीनता कायम रहे यथास्थितिमा सुधार गर्न सकिदैँन ।’

प्रकाशित : श्रावण १७, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?