कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बागलुङको तुरतुरे ताल फुटेर सडक बग्यो

प्रकाश बराल

बागलुङ — गतवर्ष पहिरोले बडिगाड खोला थुनिएर बनेकाे तुरतुरे ताल आइतबार राति फुटेको छ । ताल फुटेकाे पानीले मध्यपहाडी लोकमार्ग समेत बगाएको छ । 

बागलुङको तुरतुरे ताल फुटेर सडक बग्यो

बडिगाड गाउँपालिकाको भीमगिठेमा सडक बगाएपछि पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाको सम्पर्क टुटेको छ । यो सडक भएर हरेक दिन दर्जनौं बस, ट्रक, जिप र अन्य सवारी चल्थे ।


पैदल यात्री समेत हिड्न नमिल्ने गरी पहिरो खसेको प्रहरी नायब उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए । ताल फुटे पनि पानी भने एकैपटक नखोलिएकोले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएन । एक किलोमिटर लामो ताल फुटेपछि पानीको बहावले सडक बगाएको हो ।


यो सडक नभएपछि पैदल यात्री समेत दर्लिङको मालारानी भन्ने स्थानबाट कम्तिमा ३ घण्टा घुमाउरो बाटो हिड्न बाध्य भएका छन् । सोमबार बिहानै देखि सयौं मानिस घुमाउरो बाटो प्रयोग गरिरहेका छन् । उक्त बाटो पनि उत्तिकै जोखिमको छ । सडक अबरोध भएपछि बिरामी र बुढाबुढीलाई समस्या परेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए ।

प्रकाशित : श्रावण २०, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?