१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मनसुन पुनः सक्रिय हुँदा भारी वर्षाको सम्भावना

रासस

काठमाडौँ — केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर (नेपाल तर्फ) सरेकाले मनसुन पुनःसक्रिय भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेले बताए ।

मनसुन पुनः सक्रिय हुँदा भारी वर्षाको सम्भावना

'एक सातादेखि कमजोर रहेको मनसुन आजदेखि केही सक्रिय भएको हो । अबको तीन– चार दिन बिहान तथा बेलुकापख वर्षा हुने र दिउँसो घाम लाग्ने क्रम चलिरहने छ,' उनले भने ।


हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाको पछिल्लो विवरण अनुसार साेमबार काठमाडौँमा १० मिलिमिटर वर्षा भएको छ भने पोखरामा ५४, दाङमा ३२, सिमरामा ६७, नेपालगञ्जमा २७, धनगडीमा ४२ र दिपालयमा २६ मिलिमिटर वर्षा मापन गरिएको छ ।


राति देशभर सामान्य बदली रही देशको पश्चिमी भागका केही स्थानमा तथा मध्य र पूर्वका एक– दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।


भोलि देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बुधबार देशभर सामान्यदेखि पूर्ण बदली हुनाका साथै केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।


यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदै देशको केही स्थानमा मेघगर्जन र चटयाङ पर्ने सम्भावनाका साथै पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित : श्रावण २०, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?