लेदोले पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौँ — पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका- चारकिलोस्थित राजमार्गमा आएको लेदोले सवारीसाधन आवतजावत बन्द भएको छ ।
ग्रामीण सडक खन्दा व्यवस्थापनमा ध्यान नदिएका कारण कच्ची सडक खनेको स्थानको लेदो माटोले राजमार्ग अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार डोजरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको छ ।
यसैगरी सोही राजमार्गको चारकिलोमा ना५ख ६६०५ नं को ट्रकले सडक छेउमा रहेको बिजुलीको खम्बामा ठक्कर दिँदा त्यहाँ रहेको दुई वटा खम्बा ढलेकाले सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । खम्बा ढलेपछि सो स्थानमा एकतर्फी सवारीसाधान सञ्चालन गरिएको छ ।
प्रकाशित : श्रावण २०, २०७६ १४:२८