सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

प्रतितोला १५ सय रुपैयाँ बढेर प्रतितोला ६७ हजार ८ सयमा कारोबार
राजु चौधरी

काठमाडौँ — सुनको भाउले सोमबार फेरि नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस १२ अमेरिकी डलरले बढेर नेपाली बजारमा तोलाकै ६७ हजार ८ सय रुपैयाँ पुगेको छ ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

‘आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस १४ सय ४१ अमेरिकी डलर थियो । सोमबार १२ डलर बढेर १४ सय ५३ डलर पुगेको छ,’ महासघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने, ‘सोमबारको मूल्य फेरी नया रेकर्ड हो ।’


महासंघले आइतबार प्रतितोला ६६ हजार ३ सय रुपैयाँ तोकेको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो । सोमबार पुनः १५ सय रुपैयाँ बढेर नया रेकर्ड कायम भएको हो । शाक्यका अनुसार मूल्य बढ्नुको मुख्य कारण अमेरिका र चीनको व्यापार युद्द हो । अमेरिकाले चीनको वस्तुमा भन्सार वृद्धि गरेपछि चौतर्फी असर परेको महासंघको दाबी छ ।


यही बाहेक डलरको तुलनामा भारतीय रुपैयाँ (आइसी) पनि कमजोर भएको छ । जसले गर्दा पनि सुनको भाउ महगिएको शाक्यको दाबी छ । ‘आइतबार १ डलर बराबार १ सय ११.८० रुपैयाँ थियो । आइसी कमजोर भएकै कारण सोमबार १ डलर बराबार नेपाली रुपैया १ सय १३.५ रुपैयाँ पुगेको छ,’ शाक्यले भने, ‘दुवै कारणले एकदिनमै मूल्य १५ सय रुपैयाँ बढेको हो ।’

प्रकाशित : श्रावण २०, २०७६ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?