कांग्रेस नेता सिंह अस्पताल भर्ना

रासस

काठमाडौँ — नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा संक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए ।

कांग्रेस नेता सिंह अस्पताल भर्ना

चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।


स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार/पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए । सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँले बताए ।

प्रकाशित : श्रावण २१, २०७६ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?