१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कांग्रेसको नेतृत्व परिवर्तन आवश्यक छ : महामन्त्री कोइराला 

प्रताप रानामगर

दमौली — नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी नेतृत्व परिर्वन गर्न आवश्यक रहेको बताएका छन । कांग्रेस तनहुँद्वारा दमौलीमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसलाई बलियो बनाउन अहिलेको नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको औँल्याए ।

कांग्रेसको नेतृत्व परिवर्तन आवश्यक छ : महामन्त्री कोइराला 

‘कांग्रेस नेतृत्व परिर्वतन आवश्यक छ,’ उनले भने,‘अब पनि नेतृत्व परिवर्तन गरिएन भने कांग्रेस बलियो हुँदैन । मैले पार्टी सभापति शेरबहादुर देउवाको विरोध गरेको होइन । नेतृत्व तयार हुनुपर्छ भन्नेमा म आफैँ पनि छु । ’


उनले योग्य र क्षमतावानलाई नेतृत्वमा पुर्‍याउन कार्यकर्ताहरुलाई आग्रह गरे ।


पार्टी महाधिवेशनमा गुटउपगुट गरेपनि अरु समयमा गुटको अन्त्य गर्न जुरुरी रहेको महामन्त्री कोइरालाको भनाई थियो । उनले पार्टी एक भए नेपाली कांग्रेसलाई कुनैपनि शक्तिले हराउन नसक्ने ठोकुवा गरे ।


‘कांग्रेस हराउने कांग्रेस नै हो । त्यसैले पार्टीलाई एक ढिक्का बनाएर लैजाने नेतृत्वको खाँचो छ ।’ शशांकले भने ।

प्रकाशित : श्रावण २२, २०७६ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?