प्रदेश २ मा लोकसेवा विधेयक पारित, कर्मचारी भर्नाको बाटो खुल्यो

कान्तिपुर संवाददाता

धनुषा — प्रदेश २ को प्रदेशसभाले लोकसेवा विधेयक सर्वसम्मतले पारित गरेको छ । विधेयकमाथि नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी र गोविन्द न्यौपानेको प्रश्नको जवाफ मुख्यमन्त्री लालबाबु राउतले दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

प्रदेश २ मा लोकसेवा विधेयक पारित, कर्मचारी भर्नाको बाटो खुल्यो

कर्मचारी अभावको कारण सरकार प्रभावकारी रुपले काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री राउतले विधेयक पारित भएपछि आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज बनाउने बताए । लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।


यसअघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरे पनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन ।


प्रकाशित : श्रावण २२, २०७६ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?