कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्वराजको निधनमा ओली–देउवाको श्रद्धाञ्जली

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताले दुःख प्रकट गरेका छन् ।

स्वराजको निधनमा ओली–देउवाको श्रद्धाञ्जली

प्रधानमन्त्री ओलीले स्वराजप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।


विपक्षी दलका नेता देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलाई बुधबार छुट्टाछुट्टै समवेदनापत्र पठाउँदै दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन स्वराजको योगदानको स्मरणसमेत गरेका छन् । देउवाले स्वराजको पारिवारिक सदस्यसहित भारतीय जनताप्रति समवेदना प्रकट गरेका छन् ।


प्रकाशित : श्रावण २२, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?