कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

युवतीमाथि सामूहिक बलात्कार

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराज नगरपालिका ९ मलेठमा एक युवतीको सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । 

युवतीमाथि सामूहिक बलात्कार

युवतीलाई बालात्कार गरेको अभियोगमा प्रहरीले स्थानीय २४ वर्षीय रमनलाल दास र २२ वर्षीय रोसनकुमार यादवललाई पक्राउ गरको हो । उनीहरुले २० वर्षीय ती युवतीलाई ललाईफकाई गरेर बुधबार बिहान ४ बजे स्थानीय मन्दिरको पछाडी लगेर पालैपालो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।


युवतीले उक्त घटना लगत्तै परिवारमा बताएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए । प्रहरीले आरोपीहरु रमन र रोशनलाई बुधबार नै पक्राउ गरेर बिहीबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।


पीडित युवतीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणको प्रारम्भिक रिर्पोट अनुसार उनको जबरजस्ती करणी भएको पुष्टि भएको रिमालले जानकारी दिए । स्वास्थ्य जाँचपछि अहिले युवती आफन्तको घरमा गएकी छन् ।

प्रकाशित : श्रावण २३, २०७६ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?