कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

पोखरामा डेंगुका १९ बिरामी

कान्तिपुर संवाददाता

कास्की — पोखरामा डेंगुका १९ बिरामी भेटिएका छन् । स्याङ्जा र तनहुँमा पनि एक/एक जनामा डेंगु पाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पोखरामा डेंगुका १९ बिरामी

गण्डकी प्रदेशका जिल्लामध्ये सर्वाधिक पोखरा–८ मा ८ जना बिरामी छन् । यसैगरी पोखराकै वडा ९ मा ५, १७ मा ४, १० र २५ मा एक/एक जनामा डेंगु देखिएको निर्देशक खिमबहादुर खडकाले बताए ।


उच्च ज्वरो आउने, जिउ दुख्ने, जोर्नी तथा हाड दुख्ने, आँखाको गेडी वरपर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना मन नलाग्ने, छालामा रगत जमेको दाग देखा पर्ने, नाक, गिजा वा शरीरका अन्य अंगबाट रगत बग्ने डेंगुको लक्षण हो ।


चिकित्सकहरूका अनुसार संक्रमणको लक्षण देखिनेबित्तिकै बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा पुग्नैपर्छ ।

प्रकाशित : श्रावण २३, २०७६ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?