त्रिशूली बस दुर्घटना : मृतकको संख्या ५ पुग्याे, २४ अझै बेपत्ता [यात्रुकाे नामसहित]

हरिहरसिंह राठौर

धादिङ — सर्लाहीको सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मत्यु भएको छ भने १६ को उद्धार गरिएको छ । २४ जना अझै बेपत्ता छन् । बसलाई त्रिशूलीबाट निकालिएकाे छ । बसभित्र काेही पनि नभेटिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

त्रिशूली बस दुर्घटना : मृतकको संख्या ५ पुग्याे, २४ अझै बेपत्ता [यात्रुकाे नामसहित]

तीन जनाकाे घटनास्थलमै र दुई वटा शव चितवनकाे जुगेडीमा फेला परेकाे प्रहरीले जनाएकाे छ । मृतक मध्ये सर्लाहीकै अजय दास र विजय कुर्मीको मात्रै सनाखत भएको छ । तीन जनाको सनाखत हुन सकेको छैन ।


जिल्ला प्रहरी कार्यालय सर्लाहीमा समन्वय गरि पूरै यात्रुहरुको नामावली मगाएर पहिचान गरिएको जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले वताए । दुर्घटनामा १६ जनाकाे उद्धार गरिएकाे छ ।

उद्धार गरिएकामा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजयराय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी रहेका छन् । मलंगवा–९ स्थित रहेको सृष्टि बस काउण्टरमा अहिले बसमा सवार यात्रीका आफन्तको भीड लागेको छ । उद्धार गरिएका मध्ये बसचालक जीवन भनिने लक्ष्मण जमरकट्टेल बेहोस छन् भने सहचालक प्रमोद चौधरीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।



ना ६ ख ७४६९ सृष्टि डिलक्स बस शुक्रबार बिहान साढे ३ बजे त्रिशूलीमा खसेको हो । बसमा मलंगवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी चालक जमर्कट्टेल, सहचालक चाैधरी र कण्डक्टर ऋषि उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



बसको टिकट काटेका विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष रायसहित दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमारसहित दुई जना, मलंगवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दाससहित तीन जना, ब्रम्हपुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारसहित चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतोसहित तीन जना, भारतको लरकवाका रामबाबु यादवसहित तीन जना, भारत कुवारीका अजय ठाकुरसहित दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा थिए ।


बसलाई क्रेनले तानेर निकालिएकाे छ । बसभित्र काेही भेटिएकाे छैन । कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिमले बेपत्ताकाे खाेजी गरिरहेकाे छ ।

प्रकाशित : श्रावण २४, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?