१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

काठमाडौंको विजेश्वरीबाट एक गुण्डालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

जनकराज सापकोटा

काठमाडौँ — काठमाडौंको विजेश्वरीमा प्रहरीले गोली प्रहार गरी दुई लुटेरालाई नियन्त्रणमा लिएको छ । स्वयम्भूको विजेश्वरीस्थित झिँगु क्याफेबाट 'लोप्साङ' भनिने मिलन लामालाई प्रकाउ गर्ने क्रममा प्रहरीले गोली प्रहार गरेको हो । प्रहरीका अनुसार मिलनको वास्तविक नाम बाबुराम तामाङ हो ।

काठमाडौंको विजेश्वरीबाट एक गुण्डालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

रामेछाप लिखु गाउँपालिका ७ स्थायी घर भएका लामालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि घुँडामुनी दुई गोली हानेर नियन्त्रणमा लिइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।


उनको अनुसार ३० वर्षीय लामाले पछिल्लो समय रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई २ करोड नदिए छोराछोरी तथा सम्पूर्ण परिवारलाई मारिदिने धम्की दिएका थिए । त्यस्तै उनका सहयोगी २५ वर्षीय अमृत तामाङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


घाइते बाबुरामको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एसएसपी थापका अनुसार लामाले अन्य व्यक्तिलाई पनि धम्काएर पैसा असुल्ने गरेको उजुरी छ ।

प्रकाशित : श्रावण २४, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?