कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

त्रिशूली दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो, २१ अझै बेपत्ता 

हरिहरसिंह राठौर

धादिङ — शुक्रबार बेनीघाटरोराङ–३ सलाङघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । २१ जना अझै बेपत्ता छन् । 
मृतक मध्ये ५ को मात्रै सनाखत भएको छ ।

त्रिशूली दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो, २१ अझै बेपत्ता 

मृत्यु हुनेमा भारतीय नागरिक अजय दास र विजय कुर्मी तथा बेपत्ता कण्डक्टर ऋषि उप्रेतीको शव शुक्रबार नै पहिचान भएको थियो । कृष्णभीर निर फेला परेका २ शवको पनि पहिचान भएको छ । ती शवहरु मलंगवा १ निवासी ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीय नीमाको भएको आफन्तले पहिचान गरेका छन् ।

कन्डक्टर उप्रेतीको शव गोर्खातर्फको किनारमा लागे पछि प्रहरीले दिएको तस्बिरका आधारमा आफन्तले शव पहिचान गरेका थिए । शुक्रबार देवघाट र जेगेडीमा फेला परेका ८ शवहरु मध्ये २ जनाको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । दुर्घटनामा ज्यान गुमाएका एक महिला र एक बालिकाको सनाखत हुन सकेको छैन । घटनास्थलमा दुर्घटनामा बेपत्ता परिवारका आफन्तजनहरु आउनेक्रम जारी छ ।

शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौंतर्फ आउँदै गरेको सृष्टि डिलक्स ना ६ ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

पृथ्वी यायायात समितिमा आवद्ध कृष्ण यातायातको उक्त बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो । केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए । दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौंमा र बाँकीको अन्य अस्पतालहरुमा उपचार भइरहेको छ । बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए ।

दुर्घटनामा २१ भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक वैदवारले बताए । सशस्त्र प्रहरीले गोताखोरसहितको टोलीले शनिबार पनि त्रिशूलीमा डुंगाको प्रयोग गरि बेपत्ताको जारी राखेको छ ।

यी समाचार पनि पढ्नुहाेस् ........

त्रिशूलीमा बस दुर्घटना : रातभर एउटै चालक

त्रिशूली बस दुर्घटना : उद्धारका तस्बिरहरु

त्रिशूली बस दुर्घटना : शोकमा डुब्यो परिवार

त्रिशूली बस दुर्घटना : मृतकको संख्या ५ पुग्याे, २४ अझै बेपत्ता [यात्रुकाे नामसहित]

प्रकाशित : श्रावण २५, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?