१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नभएकी छोरीका नाममा राहत दिलाउनेविरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै द्वन्द्वपीडितका नाममा दोहोरो राहत रकम भुक्तानी गरी अनियमितता गरेको अभियोगमा गाविस सचिवसहित २ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नभएकी छोरीका नाममा राहत दिलाउनेविरुद्ध मुद्दा

कालिकोटको साविक बदालकोट गाविसका सचिव गणेशप्रसाद रिजालले खाँडाचक्र नगरपालिका–११ का कुलबहादुर शाहीकी एक मात्र छोरी भएकामा दुई जनाको नाममा एक जनाको द्वन्द्वकालमा मृत्यु भएको र अर्की बेपत्ता भएको भनी १०/१० लाख रुपैयाँ राहत दिलाएका थिए ।


शाहीकी छोरी किस्मताकुमारीको द्वन्द्वकालमा मृत्यु भएको थियो । रिजालले द्वन्द्वकालमा मारिएकी छोरीको राहत रकम १० लाख पाएका शाहीलाई अर्की छोरी सुनीता शाही बेपत्ता भएको भनी सिफारिस गरी थप १० लाख दिलाएका थिए ।


रिजाल र शाहीले मिलेमतोमा सरकारी रकम हिनामिना गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?