कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषधसहित सेनाका मेजर पक्राउ

कान्तिपुर संवाददाता

मोरङ — सेनाका एक मेजर लागूऔषधसहित पक्राउ परेका छन् । कैलालीको धनगढी घर भइ नेपाली सेनाको पूर्वी पृतनालय इटहरीमा कार्यरत सेनानी अजितप्रताप सिंहलाई प्रहरीले ब्राउन सुगरसहित इटहरी–२ बाट पक्राउ गरेको हो । 

लागूऔषधसहित सेनाका मेजर पक्राउ

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले सिंहको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको बताए ।


उनले सिंह नेपाली सेनाको भए नभएको सोधपुछ गर्न बाँकी रहेको र अनुसन्धान भइरहेको बताए । तर प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सिंह नेपाली सेनाको सेनानी भएको जानकारी पाएको बताए ।


सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लागूऔषधसहित सैन्य अधिकारी पक्राउ भएको पुष्टि भए सैनिक ऐन अनुसार कारबाही हुने बताए । त्यस्ता घटनाहरुमा कोर्ट अफ इन्काइरी घटन हुने र समरी सैनिक अदालतले कारबाही गर्ने प्रावधान रहेको प्रवक्ता पाण्डेले जानकारी दिए । उनले गैरकानूनी क्रियाकलापमा संलग्न हुने सैन्य अधिकारीहरुको डिमोसनसमेत हुन सक्ने बताए ।


प्रकाशित : श्रावण २५, २०७६ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?