१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मानविकीमा अब ४ वर्षे स्नातक

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा यही शैक्षिक सत्रदेखि मानविकी तथा सामाजिकशास्त्र संकायमा स्नातक तहको पठनपाठन ४ वर्षे हुने भएको छ । उक्त संकायअन्तर्गत विद्या परिषदको आइतबारको बैठकले चारवर्षे स्नातक तहको अध्ययन–अध्यापन सुरु गने निर्णय गरेको हो ।

मानविकीमा अब ४ वर्षे स्नातक

बैठकले नयाँ पाठ्यक्रमसमेत स्वीकृत गरेको डिन कार्यालयले जनाएको छ । यसअघि व्यवस्थापन, शिक्षालगायतका संकायहरूको स्नातकमा ४ वर्षे कोर्स पढाइ हुँदै आएको छ ।

मानविकी संकायलाई पनि सोहीअनुरूप ४ वर्षे बनाइएको डिन शिवलाल भुसालले जनाए । नयाँ पाठ्यक्रमअनुसार २० विषयको पढाइ हुनेछ भने तह पूरा गर्न विद्यार्थीले २०० सय पूर्णांकको परीक्षा दिनुपर्नेछ । त्यसका लागि अनिवार्यसहित ऐच्छिक विषय तोकिएको छ ।

त्रिविमातहतका क्याम्पसले यही वर्षदेखि ४ वर्षका लागि भर्ना सञ्चालन गर्ने र नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराउने छन् ।

प्रकाशित : श्रावण २६, २०७६ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?