कांग्रेस नेता गुरुङले भने, 'प्रधानमन्त्री रोजगार कार्यक्रममा नीतिगत भ्रष्टाचार'

कान्तिपुर संवाददाता

नवलपरासी — कांग्रेस नेता धनराज गुरुङले सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रममा नीतिगत भ्रष्टाचार भएको दाबी गरेका छन् । रोजगार कार्यक्रमअन्तर्गत मकै खन्दा हेल्मेट र बेल्चा दिइएकाले यो भ्रष्टाचार भएको उनको भनाइ छ ।

कांग्रेस नेता गुरुङले भने, 'प्रधानमन्त्री रोजगार कार्यक्रममा नीतिगत भ्रष्टाचार'

‘मकै खन्न कोदालो चाहिन्छ,’ उनले भने, ‘बेल्चाले खन्नै मिल्दैन । हेल्मेट चाहिँदैन,’ उनले भने । सोही कार्यक्रमका लागि दातासँग १३ अर्ब ऋण लिने तयारीमा सरकार लागेको उनको भनाइ छ ।


‘१३ अर्ब रुपैयाँले ठूलो जलविद्युत् आयोजना बन्छ । ठूला आयोजना बनाउँदा ग्लोबल टेन्डर हुन्छ,’ उनले भने, ‘सोझै कमिसन मागे मेलम्चीका ठेकेदारझैं काम छाडेर भाग्छन् भनेर असफल भइसकेको प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएर कार्यकर्ता पाल्ने दाउमा सरकार लागेको हो ।’


पूर्वी नवलपरासीमा आइतबार आयोजित कार्यक्रममा गुरुङले वाइडबडी खरिद प्रकरणमा पनि संसद्को लेखा समितिलाई छानबिन गर्न नदिई संसदीय समिति बनाएर प्रतिवेदन गायब पारिएको दाबी गरे । मेलम्ची खानेपानीमा कार्यरत इटालियन कम्पनीसँग मोटो रकम कमिसन मागेका कारण ऊ भागेको र अहिले अर्को कम्पनी छनोटको खेल सुरु भएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण २६, २०७६ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?