कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बेवारिस कर्मचारीलाई प्रदेश पठाउने तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकाभित्रका स्थानीय तहले समायोजन गर्न नमानेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ सय २० कर्मचारीलाई प्रदेशमा पठाउने तयारी गरेको छ । गत चैतमै काठमाडौं र ललितपुर महानगरपालिकासहित उपत्यकाभित्रका स्थानीय तहमा समायोजन रोजेका उपसचिव देखि कार्यालय सहयोगीसम्मका १ सय २० कर्मचारीलाई विकल्पका रूपमा प्रदेशमा पठाउन तयारी थालिएको हो । 

बेवारिस कर्मचारीलाई प्रदेश पठाउने तयारी

मन्त्रालयबाट समायोजन रोजेर उपत्यकाभित्रका स्थानीय तहमा गएका चार तहदेखि दसौं तहसम्मका कर्मचारीलाई काठमाडौं महानगर, ललितपुर महानगर, भक्तपुर नगरपालिका, शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरालगायतले हाजिर नगराई फिर्ता पठाएपछि कर्मचारीहरू सिंहदरबारमै बेवारिस बनेका छन् । स्थानीय तहले हाजिर नगराएपछि मन्त्रालयबाटै तलब भत्तालगायत सेवासुविधा बुझदै आएका कर्मचारीलाई साउन १९ देखि मन्त्रालयले पनि हाजिर गराएको छैन ।


बेवारिस बनेका कर्मचारी व्यवस्थापनका लागि आइतबार मन्त्रालय र कर्मचारीका प्रतिनिधिबीच भएको छलफल पनि निष्कर्षमा पुगेन । संघीय मामिला मन्त्रालयका प्रवक्ता भूपाल बरालले छिट्टै हाजिर हुन नपनाएका कर्मचारीको समस्या समाधान गरिने बताए । ‘संघ, प्रदेश र स्थानीय तह जहाँ विकल्प छ, त्यहीँ समायोजन गरेर समस्या समाधान गर्ने पक्षमा लागिपरेका छौं,’ उनले भने, ‘कर्मचारीलाई बेवारिस राख्ने सरकारको कुनै मनसाय छैन ।’


प्रकाशित : श्रावण २६, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?