१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई लक्षित गरी प्रशिक्षण थाल्ने भएको छ । पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन वटा प्रदेशमा यस्तो प्रशिक्षण चलाउने भएको हो । दोस्रो चरणमा अन्य चार प्रदेशमा प्रशिक्षण गर्ने तयारी छ ।

कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

प्रशिक्षणमा पार्टीको सांगठनिक संरचना, विधान र विशेषता, पार्टीको राजनीतिक, आर्थिक दृष्टिकोण, कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारको मुल्याङ्कन जस्ता सवालमा प्रशिक्षण दिइने तयारी भएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।


कांग्रेसका महाधिवेशन प्रतिनिधि पार्टीका अगुवा कार्यकर्ता हुन् । पार्टीको १३ औं महाधिवेशनमा निर्वाचित मुलकभरका प्रतिनिधिको संख्या करिब तीन हजार छ ।


उपसभापति विमलेन्द्र निधि नेतृत्वमा रहेको प्रतिष्ठानले गण्डकी प्रदेशको पोखरामा साउन ३१ र ३२ गते, प्रदेश ५ को भैरहवामा भदौ २ र ३ गते र भदौ ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण गर्ने भएको हो । ‘प्रशिक्षणमा कांग्रेसका सदस्यहरुलाई जनतासंग कसरी आत्मीय सर्म्पक राख्ने भन्ने लक्ष्य पनि हो’ कांग्रेसको विज्ञप्तिमा छ । प्रशिक्षणको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने छन् ।

प्रकाशित : श्रावण २७, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?