कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहकारीलाई नियन्त्रण नगरे भयानक दुर्घटना : मन्त्री अर्याल

कान्तिपुर संवाददाता

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार सहकारीको समस्या समाधान गर्न लागिरहेको बताएकी छन्  ।

सहकारीलाई नियन्त्रण नगरे भयानक दुर्घटना : मन्त्री अर्याल

काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा मन्त्री अर्यालले सहकारीलाई बेलैमा नियन्त्रण नगरिएमा भयानक दुर्घटना हुने खतरा औंल्याइन् । ‘सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्ष पछि भयानक दुर्घटनाको संकेत देखा परेको छ’, उनले भनिन्, ‘हामीले केही कोसिस सहकारी नियमावलीमार्फत गरेका छौं ।’


कतिपय सहकारी सञ्चालकहरु ठगी गरेर भागेको गुनासो आइरहेको बेला मन्त्री अर्यालको यस्तो धारणा सार्वजनिक भएको हो । उनले नियमावलीमा सहकारीको कर्जा सुरक्षा कोष केन्द्रको स्थापना गरिएको उल्लेख गरिन् ।


मन्त्री अर्यालले मन्त्रालयले अहिले गरिब पहिचानको काम गरिरहेको बताइन् ।

प्रकाशित : श्रावण २८, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?