१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गए राति कोटेश्वरमा ट्राफिकको गाडीले ठक्कर दिएको एक व्यक्तिको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार राति महानगरीय ट्राफिक प्रहरी महशाखाको बा१झ ७८६६ नम्बरको सीआरबी भ्यानले कोटेश्वरमा एक अपरिचित व्यक्तिलाई ठक्कर दिएको छ । गाडीको ठक्कर लागि गम्भिर घाइते भएका उनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ । उनको नाम भने खुलेको छैन ।

गए राति कोटेश्वरमा ट्राफिकको गाडीले ठक्कर दिएको एक व्यक्तिको मृत्यु

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार बालकुमारीबाट कोटेश्वरतर्फ आइरहेको उक्त गाडीले कोटेश्वरमा रहेको आकाशे पुल मुनी ती व्यक्तिलाई ठक्कर दिएको हो ।

घटनाको समयमा गाडी चलाइरहेका प्रहरी जवान विनोदकुमार गिरीलाई हाल बानेश्वर वृत्तमा नियन्त्रणमा राखिएको छ । डीएसपी बोगटीका अनुसार राति अचानक पुलमुनीबाट बाटो काट्दा दुर्घटना भएको देखिएको छ ।

प्रकाशित : श्रावण २९, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?