३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बालिका बेचबिखनको आरोपमा बाल मन्दिरका निर्देशक डंगोल पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बेचबिखनको आरोपमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार केही दिनअघि नै प्रहरीले डंगोललाई पक्राउ गरेको हो । बेलायती नागरिक डिना स्मिथलाई निर्देशक डंगोलले बालिका किनेर आफ्नो देश लैजाने प्रबन्ध मिलाइदिएको प्रहरीको आरोप छ ।

बालिका बेचबिखनको आरोपमा बाल मन्दिरका निर्देशक डंगोल पक्राउ

स्रोतका अनुसार केही दिनअघि बच्चा लिएर बेलायत उड्न लागेकी स्मिथलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको थियो । स्मिथले एक गर्भपतन केन्द्रमा जन्मिएका बालिकालाई बाल मन्दिरका निर्देशक डंगोलले किनेर धर्मपुत्रीका रुपमा आफ्नो देश लैजान सघाएको बयान दिएलगत्तै प्रहरीले डंगोललाई पक्राउ गरेको हो । यसबारे विस्तृत विवरण केहीबेरमा आउनेछ ।

प्रकाशित : श्रावण २९, २०७६ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?