मुख्यमन्त्री शाही सहभागी कार्यक्रम नजिक दुई बम विस्फोट 

कान्तिपुर संवाददाता

सुर्खेत — गृहजिल्ला कालिकोटको एउटा कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पुगेका बेला नजिक जंगलमा बम बिस्फोट भएको छ ।

मुख्यमन्त्री शाही सहभागी कार्यक्रम नजिक दुई बम विस्फोट 

शाही पचालझरना गाउँपालिकाको गाउँसभालाई बुधबार खार्दुमा शाहीले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलदेखि करिब एक किलोमिटर पर दुईपटक बम विष्फोट भएको हो । घटनामा कुनै पनि क्षति छैन ।


विस्फोट नेत्रविक्रम चन्दका कार्यकर्ताले गराएको हुनसक्ने शंका प्रहरीको छ । मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहका अनुसार यसअघि गत जेठमा पनि शाही कालिकोटको पलाता गाउँपालिकामा पुगेका बेला चन्द समूहले बम विष्फोट गरेको थियो । घटनामा कुनै क्षति भने भएन ।


प्रकाशित : श्रावण २९, २०७६ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?