कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस पल्टिँदा एकको मृत्यु, १५ घाइते

प्रताप विष्ट

हेटौडा — पूर्वपश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका— १९ नेवारपानीमा बस अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ  । १५ जना घाइते भएका छन् ।

बस पल्टिँदा एकको मृत्यु, १५ घाइते

बिहीबार राति साढे २ बजे तिर काठमाडाैंबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको बस सडकमा अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । बस पल्टिएर बिजुलीको पोलमा ठोक्किएकाे हाे ।


मृत्यु हुनेमा सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका— ५ बस्ने ५८ वर्षीय मुकेश शर्मा रहेका छन् । उनको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेहरु मध्ये ४ जनाको भरतपुर अस्पतालमा, ३ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । सात जना उपचारपश्चात गन्तब्यतिर लागेका छन् ।

प्रकाशित : श्रावण ३१, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?