नेकपाका सचेतक ढकालको घरमा बम विस्फोट

अमृता अनमोल

बुटवल — प्रदेश ५ को नेकपा प्रदेशसभा प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ । रुपन्देही सैनामैना–७ रामापुरमा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो । बिहीबार राति करिब २ बजेतिर बम प्रहार भएको थियो । 

नेकपाका सचेतक ढकालको घरमा बम विस्फोट

इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरीक्षक रवि मैनालीका अनुसार सचेतक ढकाल सुत्ने कोठा, उनका बुवा–आमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ ।

प्रहरीको टोली शुक्रबार बिहान मात्रै घटनास्थल पुगेकाले बम कसले प्रहार गर्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सचेतक ढकाल विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा उपचाररत छन् । ‘म काठमाडौंमा उपचार गर्दै छु । मलाई घरमै छ भनेर बम हानिएको रहेछ’ सचेतक ढकालले भने ।

प्रकाशित : श्रावण ३१, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?