कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेकपाको सचिवालय बैठक आज बस्दै 

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार स्थगित भएकाे नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने भएकाे छ । प्रधानमन्त्री केपी ओली बिरामी परेका कारण बिहीबार बस्ने भनिएकाे बैठक स्थगित गरिएकाे थियाे ।

नेकपाको सचिवालय बैठक आज बस्दै 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे सचिवालय बैठक बाेलाइएकाे हाे । आन्तरिक विवाद मिलाउनका लागि बस्ने भनिएको नेकपा सचिवालय बैठक सरेको सर्‍यै छ ।

प्रधानमन्त्री गत शुक्रबार फर्केलगत्तै नेताहरूसँग अनौपचारिक छलफल गरेका छन् । तर विभागको नेतृत्व, पोलिटब्युरो गठनलगायत विषयमा ठोस प्रस्ताव तयार हुन सकेको छैन । त्यसैका लागि बैठक बस्ने भनिए पनि मंगलबारदेखि बैठक सरेको सर्‍यै छ ।

मंगलबार र बुधबार तयारी नपुगेको भन्दै बैठक बिहीबारका लागि सारिएको थियो । बिहीबार प्रधानमन्त्री बिरामी भएको भन्दै शुक्रबारका लागि सारिएको थियाे । बिहीबार अपराहन ३ बजे सचिवालय बैठकका लागि नेकपा नेताहरू बालुवाटार पुगे पनि प्रधानमन्त्रीलाई ज्वरो आएका कारण सहभागी हुन नसक्ने भएपछि बैठक स्थगन गरी उनीहरू बाहिरिएका थिए ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?