कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रधानमन्त्री ओलीले कार्यकर्तासँग भने - 'डाक्टरले सबै अंग ठीक छ भनेका छन्, म बिरामी होइन'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि शुक्रबार बिहानदेखि नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय भएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान प्रम निवास बालुवाटारमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गरेका थिए ।

प्रधानमन्त्री ओलीले कार्यकर्तासँग भने - 'डाक्टरले सबै अंग ठीक छ भनेका छन्, म बिरामी होइन'

अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयका बैठकमा सहभागी छन्। गत साता सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली बिहीबार ज्वरोका कारण सामान्य अस्वस्थ्य भएपछि नेकपाको बैठक सरेको थियो ।


झापाका कार्यकर्तालाई ओलीले ताजगी मुद्रामा सोधेका थिए, 'म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ?' उनले आफ्ना कार्यकर्तालाई आफू स्वास्थ्य रहेको तर बाहिर बढी प्रचार भएको बताएका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले ओलीको भनाइ उद्धृत गर्दै जानकारी दिए ।


झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा चलाइएका निराधार हल्लाको प्रसङ्ग उल्लेख गर्दै भने, 'हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।'


प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकसँग भने, 'गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बूढीऔँलादेखि कान्छीऔँलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठीक छ भनेका छन् । अब २०/२५ वर्ष केही हुँदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।'

प्रकाशित : श्रावण ३१, २०७६ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?