कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रवी लामिछानेसहित ३ जनालाई अनुसन्धानको लागि ५ दिन हिरासतमा राख्न म्याद थप

रमेशकुमार पौडेल

चितवन — जिल्ला अदालत चितवनले पत्रकार रवी लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि भन्दै ५ दिन हिरासतमा राख्न म्याद दिएको छ । न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद दिएका हुन् । शुक्रबार बिहान भएको बहसको आधारमा रवीसहित ३ जनालाई अनुसन्धानको लागि म्याद दिइएको हो । तीनैजना प्रहरी हिरासतमा रहनेछन् ।

रवी लामिछानेसहित ३ जनालाई अनुसन्धानको लागि ५ दिन हिरासतमा राख्न म्याद थप

प्रहरीले बिहीबार बेलुकी टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेलाई कार्यालयबाटै पक्राउ गरेर चितवन लगेको थियो । चितवन र काठमाडौं प्रहरी परिसर टोलीले लामिछाने र पत्रकार युवराज कँडेललाई बिहीबार पक्राउ गरेको थियो ।

कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ

लामिछाने र कँडेललाई अर्का पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । आत्महत्या दुरुत्साहन अभियोगमा अस्मिता कार्कीलाई बिहीबार दिउँसै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : श्रावण ३१, २०७६ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?