राष्ट्रिय सभाका अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण

हरि गौतम

(रुकुम पूर्व) — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको हेलिकप्टर आकस्मिक अवतरण गरेको छ । बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको प्रभु कम्पनीको हेलिकप्टर खराब मौसमका कारण जिल्लाको भूमे गाउँपालिका–६, स्थित बाल जनजागरण आधारभूत विद्यालय रिसालचौरमा अवतरण गरेको हो ।

राष्ट्रिय सभाका अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण

बिहान बागलुङको ढोरपाटनमा ढोरपाटन महोत्सव उद्घाटन गर्न आएका तिमिल्सिना दिउँसो पोखरा फर्कन थालेका थिए ।


उड्दै गरेको हेलिकप्टर खराव मौसमका कारण दिउँसो साढे १ बजे रिसालचौर विद्यालयको प्राङ्गणमा अवतरण गरेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा गण्डकी प्रदेशका भौतिक योजना तथा विकास मन्त्री रामशरण बस्नेत, बागलुङ ढोरपाटन नगरपालिकाका प्रमुख लगायत ५ जना रहेको जनाइएको छ । उनीहरुको सुरक्षाको लागि प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक योकेन्द्रकुमार खड्काले बताए । मौसममा सुधार आएपछि हेलिकप्टर उड्ने उनले बताए ।


प्रकाशित : श्रावण ३१, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?