कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

१५ किलो चाँदीसहित एक भारतीय पक्राउ

कान्तिपुर संवाददाता

जनकपुर — सशस्त्र प्रहरीले १५ केजी चाँदीसहित एक भारतीय नागरिकलाई धनुषामा पक्राउ गरेको छ । मोटरसाइकलको टंयाकीमुनि चाँदी लुकाएर भारतर्फ गइरहेको अवस्थामा भारत जयनगर–२ भेलवा चोक बस्ने २८ वर्षीय बन्धुकुमार सिंहलाई सशस्त्र प्रहरीको गस्ती टोलीले धनुषाको औरही–२ देउरीबाट शनिबार पक्राउ गरेको हो ।

१५ किलो चाँदीसहित एक भारतीय पक्राउ

सिंहले १५ किलो चाँदी ६ वटा प्याकेटमा मोटरसाइकलको ट्यांकीमुनी लुकाएर भारततर्फ जाँदै थिए । सशस्त्रले तस्करीमा प्रयोग भएको ८ प ९२३५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।


सशस्त्र प्रहरीका एसपी राजेश राजेश उप्रेतीले करिब १० लाख ९३ हजार १ सय १० मूल्य बराबरको १५ किलो चाँदी, तस्करीमा प्रयोग गरिएको मोटरसाइकलसहित अभियुक्त सिंहलाई कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।

प्रकाशित : श्रावण ३२, २०७६ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?