साइन्स ओलम्पियाड हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल साइन्स ओलम्पियाड(नेसो)ले यस वर्ष मंसिर १४ गतेदेखि राष्ट्रियव्यापी साइन्स ओलम्पियाड गर्ने भएको छ । दुई चरणमा हुने यो प्रतियोगितामा विज्ञान विषय पढ्दै गरेका विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् । 

साइन्स ओलम्पियाड हुने

ए–लेभल र कक्षा ११/१२ मा विज्ञान विषय लिएर पढिरहेका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको साइन्स ओलम्पियाड–२०१९ का कार्यक्रम संयोजक एवं नेपाल साइन्स ओलम्पियाडका कार्यसमिति सदस्य सिजर भट्टले जानकारी दिए ।


भदौ पहिलो साताबाट फाराम उपलब्ध हुने आयोजकले जनाएको छ । युवा प्रतिभालाई प्रोत्साहन, विद्यार्थीहरुलाई विज्ञानमा रुची जगाउने, राष्ट्रिय प्रतिभाको पहिचान जस्ता उद्देश्य लिएर कार्यक्रमको आयोजना गर्न लागिएको भट्टले बताए ।


यस वर्ष सबै प्रदेशमा एकैपटक विद्यार्थीहरुको परीक्षा लिइने आयोजकले जनाएको छ । पहिलो चरणको परीक्षा मंसिर १४ गते हुने छ । त्यसबाट उत्कृष्ट भएका विद्यार्थीहरुलाई दोस्रो चरणमा सहभागी गराइनेछ । दोस्रो चरणमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई विजेता घोषणा गरेर पुरस्कृत गरिने आयोजकले जनाएको छ ।


अघिल्लो वर्ष दुई सय जना विद्यार्थीहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए । यस वर्ष सबै प्रदेशका कलेजहरुमा प्रतियोगिताबारे जानकारी दिइने भएकाले सहभागी विद्यार्थीहरुको संख्या बढ्ने बताइएको छ ।


नेपाल साइन्स ओलम्पियाडले विज्ञानसँग आधरित विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएको छ । ओलम्पियाडले सन् २०१२ देखि राष्ट्रिय व्यापी साइन्स ओलम्पियाडको आयोजना गर्दै आएको छ ।

प्रकाशित : श्रावण ३२, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?