१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

काठमाडौंमा प्रहरी र प्रदर्शनकारीबीच झडप, केही घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘आरक्षण बचाऔँ आन्दोलन’ कर्मी र प्रहरीबीच झडप भएको छ । भृकुटीमण्डपबाट शनिबार दिउँसो निकालिएको जुलुस पुतलीसडक पुग्दै गर्दा प्रहरीसँग झडप भएको हो ।

काठमाडौंमा प्रहरी र प्रदर्शनकारीबीच झडप, केही घाइते

झडपमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम लगायत आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

आन्दोलनकारीले दिउँसो ४ बजे लाठी जुलुस निकाल्ने कार्यक्रम थियो । तर, बाक्लो संख्यामा परिचालित प्रहरीले उनीहरु लाठी भृकुटीमण्डपमै खोसेपछि करिब ५ बज्नै लाग्दा विरोध र्‍याली निकालिएको थियो ।


लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, उत्पीडित क्षेत्र, आपंगता भएका व्यक्तिहरु चरणबद्ध आन्दोलनमा छन् । उनीहरुले संविधान र कानुनमा भएको आरक्षणको व्यवस्थाविपरीत लोकसेवाले विज्ञापन निकालेको भन्दै खारेजीको माग गरेका छन् ।

यसैबीच, झडपको तस्बिर लिने क्रममा कान्तिपुर दैनिकका फोटो पत्रकार अंगढ ढकाल घाइते भएका छन् । ढकालको टाउकोमा चोट लागेको छ ।

प्रकाशित : श्रावण ३२, २०७६ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?